झबिन्द्र पाण्डेको लय स्वरमा रहेको तिज गित “जाममा फसियो”सार्बजनिक हेर्नुहोस भिडियो सहित | यमन खनालको लोकदोहोरी एल्वम आत्म हत्या बजारमा | अनुका लामाको लोक गीति एल्बम"यथार्थ कहानी बजारमा | Ruda Rudai Bhijyo Sirani by yaman khanal,sarita thapa- New Lok Dohori Song 2017 MP3 Download | नेपाली साँगितिक दुनियामा उदाउदै स्वस्तिका दुलाल | Hamro pyaro gulmi by devi gharti Bom Bahadur khadka New Lok Dohori Song MP3 Download | Ukaliko Barko Buto By Puran Pravat, Juna Sirish and Sarita poudel New Lok Dohori Song MP3 Download | Timrai Yaadma by Tika Pun& Nabaraj Timalsina New Nepali Lok Dohori Mp3 Song Download now | Ishwor Sanga By Purnakala Bc & Pawan Pariyar New Nepali Lok Dohori Mp3 Song Download now | Chandra Surya Jhanda By Yaman Khanal And Devi Gharti New Nepali Lok Dohori Mp3 Song Download now 2017 |

नेपाली चलचित्र ‘वन देवता’ मकाउमा जनवारी ५ मा प्रदर्शन गरिने


Image title

 नेपाली चलचित्र ‘वन देवता’ मकाउमा विशेष शो गर्ने भएको छ ।

हलेसी म्युजिक प्रा.लि.को ब्यानरमा निर्माण गरेको पहिलो नेपाली कथानक चलचित्र यही जनवारी ५ मा मकाउ स्थित काम्पेक कम्युनिटी सेन्टरको हलमा प्रदर्शन गर्ने भएको हो ।

स्थानिय समय अनुसार बेलुकीको ७ः३० बजे प्रदर्शन गरिने चलचित्रका निर्माता दोर्जे तामाङले जानकारकी दिए । नेपाली समाज मकाउका अध्यक्ष र मकाउ तामाङ घेदुङका अध्यक्ष समेत रहेका तामाङले सबै व्यवस्थापनको काम सकिएको जनाएको छ ।

आर बि लामाको कथा, संगीत र निर्देशनमा रहेको चलचित्र गत भदौमा नेपालमा प्रदर्शन गरिएको थियो । वन देवतालाई सरोज दोङ र लंकबहादुर तामाङले निर्माण गरेका हुन् ।

चलचित्रमा वनदेवताले मानिसलाई दिइने ज्ञान, परम्पराको दृश्यलाई उतारेका छन् । वनदेउताको शिक्षा, झाँक्री ज्ञान, देवताले मानिसमा सिकाइने संस्कार आदिको विषयलाई केन्द्रित राखेर मौलिक रुपमा पर्दामा उतारेका छन् । चलचित्रमा वनदेवताको अलौकिक चमत्कारको वास्ताविकतालाई कथामा प्रस्तुत गरेका छन् । चलचित्रको कथामा नेपाली समाजको पुरानो परम्परादेखि हालसम्मको प्राविधिक समाजसम्मको विषयवस्तुलाई देखाएका छन् ।

चलचित्र प्रदर्शनबाट संकलन भएको ७५ प्रतिशनको रकम नेपालका अनाथ तथा अपाङ्ग बालबालिकाहरुको लागि सहयोग गर्ने निर्माण पक्षले जानकारी दिए । प्रदर्शनको रकम अनाथ तथा अपाङ्गलाई दिनेहुँदा मकाउमा रहेका सम्पूर्ण नेपाली दाज्युभाइ, दिदीबहिनीहरु लगायत अन्य सबैलाई एक चोटी हेरिदिन सबैलाई अनुरोध गरेका छन् ।