झबिन्द्र पाण्डेको लय स्वरमा रहेको तिज गित “जाममा फसियो”सार्बजनिक हेर्नुहोस भिडियो सहित | यमन खनालको लोकदोहोरी एल्वम आत्म हत्या बजारमा | अनुका लामाको लोक गीति एल्बम"यथार्थ कहानी बजारमा | Ruda Rudai Bhijyo Sirani by yaman khanal,sarita thapa- New Lok Dohori Song 2017 MP3 Download | नेपाली साँगितिक दुनियामा उदाउदै स्वस्तिका दुलाल | Hamro pyaro gulmi by devi gharti Bom Bahadur khadka New Lok Dohori Song MP3 Download | Ukaliko Barko Buto By Puran Pravat, Juna Sirish and Sarita poudel New Lok Dohori Song MP3 Download | Timrai Yaadma by Tika Pun& Nabaraj Timalsina New Nepali Lok Dohori Mp3 Song Download now | Ishwor Sanga By Purnakala Bc & Pawan Pariyar New Nepali Lok Dohori Mp3 Song Download now | Chandra Surya Jhanda By Yaman Khanal And Devi Gharti New Nepali Lok Dohori Mp3 Song Download now 2017 |

लोक दोहोरी क्षेत्रका उदयमान सृष्टा प्रशान्त पौडेल


Prashanta Poudel

पर्वत जिल्ला बाराचौर गा.वि.स.वडा नं.८ मा जन्म लिएर सानो छँदा बासुदेव पौडेलको नामबाट स्थानिय गायक बनेर स्थानिय जिल्लाहरु पर्वत¸बाग्लुङ्ग¸म्याग्दी स्याङ्जा पाल्पा गुल्मी लगायतका अन्य जिल्लाहरुमा चर्चा पिटेका उनि अहिलेको समयमा लोकदोहोरी गायक प्रशान्त पौडेलको नामबाट चर्चा पाउन थालेका छन् । आफ्नो स्थानिय ठाउँमा कार्यक्रम भयो भने सबैले उनलाई गित गाउन अनुरोध गर्दथे ।

उनि विशेष गरी कार्यक्रमहरुमा आफ्नो वास्तविक जिवनको गित गाउँथे । उनि स्टेजमा पुगेर माईक समाएपछि हजारौ मानिसहरुको भिड पनि एकाएक सुनसान हुन पुग्थ्यो र सवैजना उनको मुखमा हेरिरहेका हुन्थे जब उनि गित गाउन शुरु गर्थे सबैका आँखा रसाउँथे । उनी लोकदोहोरी तथा एकल लोक गित प्रतियोगितामा भाग लिई सफलता प्राप्त पनि गर्थे । स्थानिय ठाउँमा मात्र नभई उनि कास्कीको पोखरामा पोखरा एफ.एम.ले आयोजना गरेको राष्ट्रिय बाल गित प्रतियोगितामा द्धितिय स्थान हासिल गर्न सफल भएका थिए । यसरी संर्घष गर्दा गर्दै उनि अहिलेको समयमा आफ्ना गितहरु बजारमा ल्याईरहेका छन् । सुपादेउराली म्युजिक प्रा.लि.को प्रस्तुतिमा माधव पराजुली र उनको गित पाछु मेरी भन्नको सफलता पछि अहिले प्रसिद्ध लोक दोहोरी गाएक तथा म्युजिक एरेन्जर यमन खनालको एरेन्जमा उनका आफ्ना भाई सुशिल पौडेल र उनको आफ्नै शब्द लय तथा स्वर रहेको तिम्रो लायक भैन एल्बम बजारमा ल्याएका छन् ।
सो गितमा उनको मात्र नभई ११ बर्षिय कक्षा ४ मा पढ्ने उनको आफ्नै भाई सुशिल पौडेलको पनि शब्द रहेको छ । उनका भाई पनि आफु जस्तै प्रतिभाशाली रहेको उनि बताउँछन । सुशिल सानै भए पनि गित गाउने गितहरु लेख्ने गर्छन सानै उमेरमा यसरी भाईले गित गाएको देख्दा उनलाई पनि रंग लाएर सो गितमा शब्द लेख्न भाईलाई दिएका हुन् । उनको स्वर शब्द लयमा अरु गित पनि बजारमा आउने तयारी रहेको उनि बताउँछन । उनि भन्छन सायद आज म यो ठाउँमा हुने थिईन होला मलाई गित संगितमा अगाडि बढाउनको लागि हौसला तथा कार्यक्रमहरुमा सहभागी गराई मलाई अगाडि बढाउन सहयोग गर्नुहुने मेरो प्रतिभाको जन्मदाता मेरो आदरणिय दाजु देवेन्र्प क्षेत्रीलाई विशेष धन्यवाद दिन चाहन्छु ।