झबिन्द्र पाण्डेको लय स्वरमा रहेको तिज गित “जाममा फसियो”सार्बजनिक हेर्नुहोस भिडियो सहित | यमन खनालको लोकदोहोरी एल्वम आत्म हत्या बजारमा | अनुका लामाको लोक गीति एल्बम"यथार्थ कहानी बजारमा | Ruda Rudai Bhijyo Sirani by yaman khanal,sarita thapa- New Lok Dohori Song 2017 MP3 Download | नेपाली साँगितिक दुनियामा उदाउदै स्वस्तिका दुलाल | Hamro pyaro gulmi by devi gharti Bom Bahadur khadka New Lok Dohori Song MP3 Download | Ukaliko Barko Buto By Puran Pravat, Juna Sirish and Sarita poudel New Lok Dohori Song MP3 Download | Timrai Yaadma by Tika Pun& Nabaraj Timalsina New Nepali Lok Dohori Mp3 Song Download now | Ishwor Sanga By Purnakala Bc & Pawan Pariyar New Nepali Lok Dohori Mp3 Song Download now | Chandra Surya Jhanda By Yaman Khanal And Devi Gharti New Nepali Lok Dohori Mp3 Song Download now 2017 |

तारको बारले छेकेन प्रतिभालाई


Image title

तारको बारले छेकेन प्रतिभालाई
मानिसको ईच्छालाई न त कसैले रोक्न सक्छ न त काँडे तारले छेक्न सक्छ भन्ने कुराको उदाहरण बनेका छन् शब्द संकलक तथा मोडल प्रकाश शर्मा । २०४२ सालमा बाग्लुङ्ग जिल्लाको सुन्दर नगरी बाग्लुङ्ग बजार देखी नजिकै बा.न.पा.६ स्थित ढिकिचौरमा जन्मेका उनी सानै देखी गित संगित क्षेत्रमा अभिरुचि राख्दथे। लोकदोहोरीको उर्वर भुमी बाग्लुङ्गमा जन्मिएको भएरै होला सानै उमेर देखी लोकदोहोरी गित भनेपछि रेडियोमा कान थापेर सुन्ने र संगसंगै गाउने गर्थे। स्नातक तह सम्मको अध्ययन सकेपश्चात २०६१ सालमा काठमाण्डौ छिरेका उनी सुरुमा लोक दोहोरी क्षेत्रमा लागेर नाम कमाउने अभिलाशा एवं सपना बोकेर आएका थिए । धेरै प्रयास गर्दा पनि त्यस बेलाको माहोलमा उनलाई सहयोग गर्ने कोही नभएकोले आफ्नो ईच्छालाई मन भित्रै दवाएर रोजगारीको अवसर खोज्दै गर्ने क्रममा उनि सशस्त्र प्रहरी बलमा सेवा प्रवेश गरे । हाल पनि उनि यसै क्षेत्रमा कार्यरत छन् । भित्रि मनको ईच्छा केही समयको लागि दविए पनि आखिर एक न एक दिन अवस्य बाहिर आउँछ भने जस्तो उनले पनि त्यो ईच्छालाई दवाउन सकेनन् र पुन: यसै क्षेत्रमा केही गर्छु भनेर कम्मर कसेर लागे । प्राय गरेर सांगितिक क्षेत्रका चर्चित एवं ख्यातिप्राप्त कलाकारहरुको संगतले अझ बढी हौसला प्राप्त भयो बिमलराज क्षेत्री¸ यम क्षेत्री¸ बसन्त थापा¸ एकनारायण भण्डारी¸ प्रलाद सुवेदी¸ दुर्गेश थापा¸ बल बहादुर वि.सि.¸ अर्जुन बोहोरा¸ कस्तुप पन्त¸ यमन खनाल जस्ता अन्य थुप्रै चर्चित कलाकारहरुसंगको भेटघाट एवं चिना परिचयले गर्दा लोकदोहोरी क्षेत्रलाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरे । पेशाले उनि फौजि भए पनि आफ्नो डियुटि समय बाहेक अन्य समयमा उनि गित संगित सुन्ने एवं संगितिक कार्यक्रमहरुमा सहभागी हुने गर्छन । प्राय एकान्त मन पर्ने उनि एक्लै भयो कि कुनै नयाँ सृजना कोरी हाल्छन । पछिल्लो समयमा धेरै जनाले शब्द सृजनाको लागि अनुरोध गरिरहेको समेत बताउँछन । केही समय अगाडि उनको लगानि रहेको आफ्नै शब्द सृजनामा "लक्ष्य एउटै आकाशको चन्द्र छुने छ " बोलको गित अत्याधिक सफल एवं चर्चामा रहेको थियो । बसन्त थापाको लय तथा स्वर र पुर्णकला वि.सी.को सुमधुर आवाजमा सजिएको उक्त गित स्थानिय एफ.एम.हरुमा उत्कृष्ट बनेर लामो समय सम्म नम्बर १ मा बज्न सफल भएको थियो उनको संगितिक क्षेत्रको यात्रा शब्द सृजनामा मात्र सिमित छैन मोडलिङ्मा समेत आफ्नो प्रतिभा देखाएका छन । बाग्लुङ्ग जिल्लकै चर्चित एवं पर्यटकिय क्षेत्र घुम्टेको सेरोफेरोमा छायांकन गरिएको उक्त गितको भिडियोमा मंजिता के.सी.को जोडीमा देखिएका उनि शारिरिक रुपमा समेत हट्टाकट्टा देखिन्छन । सो गितको भिडियो यु टुवमा हालसम्म ७५००० जनाले हेरेका छन् र राम्रो प्रतिकृया दिएका छन् हालसम्म ३/४ वटा म्युजिक भिडियोमा सानो ठुलो भुमिकामा देखिएका उनि अवसर पाएमा अन्य म्युजिक भिडियोमा समेत काम गर्ने बताउँछन् । प्रत्यक्ष दोहोरीमा बढी रुची राख्ने उनी समय मिलेको खण्डमा दोहोरी साँझहरुमा गएर प्रत्यक्ष दोहोरी गाउने गर्छन ।

सुमधुर आवाजका समेत धनी रहेका उनि आफ्ना शुभचिन्तक एवं सहकर्मि साथिहरुले उनकै आवाजमा अर्को गित सुन्ने चाहना राखेकोले आगामी दिनमा आफ्नै शब्द लय तथा स्वरमा विल्कुलै पृथक खालको गित तयार गरिरहेका बताउँछन् । उक्त गितलाई छिट्टै नै फाईनल गरेर बजारमा पठाउने तयारी भईरहेको बताउँछन् ।